कांग्रेस र एमालेकोे कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छः मन्त्री चौरसिया

कांग्रेस र एमालेकोे कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छः मन्त्री चौरसिया

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले दुई ठूला दल कांग्रेस र एमालेकोे कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको भन्ने अभिव्यक्तिमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार, विस्तृत शान्ति सम्झौताको १८ वर्ष र संक्रमणकालिन न्यायको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सांसद कृष्ण कशोर घिमिरेले सिस्टम र प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो भन्ने धारणा राखेको भन्दै असहमति जनाएका हुन् ।

उनले भने, ‘सिस्टम आइसकेपछि प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो जस्तो कुरा गर्नुभयो । म यो कुरासँग सहमत छैन । कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको होइन । यसको जवाफ उहाँहरुले दिने हो । जे भयो म कसैलाई दोष लगाउने पक्षमा छैन ।’

मन्त्री चौरसियाले संक्रमणकालीन न्याय सम्बन्धी ऐन जुन संसोधन भएको छ अहिले त्यो द्वन्द्व पीडितमैत्री भएको दाबी गरे । उनले भने, ‘संक्रमणकालीन न्याय सम्बन्धी ऐन जुन संसोधनको भएको छ अहिले त्यो द्वन्द्व पीडित मैत्री संसोधन भएको छ । द्वन्द्व पीडितहरुले सहमति नगरेसम्म त्यसलाई टुंगो लगाउन सकिँदैन ।’

Logo