नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छः मन्त्री सिंह

नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छः मन्त्री सिंह

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तरउन्नती हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ ।’

साथै उनले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठूलो लगानी प्रविधि र विज्ञताको आवश्यकता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरूले विकासका प्रयासहरूलाई ओझेलमा पारेकाले सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतिहरू रहेको बताए ।

उनले भने, ‘हालको वर्षहरूमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकासका प्रयासहरूलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतिहरू रहेको छ ।’

Logo