कांग्रेसले ओली सरकारविरुद्ध माघ २१ गते देशभर प्रदर्शन गर्ने

कांग्रेसले ओली सरकारविरुद्ध माघ २१ गते देशभर प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्नेछ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।

आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Logo