परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्री बेटेलबीच भेटवार्ता, यी विषयमा भए चर्चा

परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्री बेटेलबीच भेटवार्ता, यी विषयमा भए चर्चा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश र वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार लक्जमबर्ग सिटीमा भएको भेटमा नेपाल र लक्जमबर्गबीचका विविध सम्बन्ध, आपसी हित र सहकार्यका क्षेत्रहरूमा चर्चा भएको छ । नेपालका विकास प्राथमिकताहरू र नेपाल-लक्जमबर्ग आर्थिक सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

सो क्रममा मन्त्री राणाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेको बताउँदै त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गरेकी थिइन् । जसमा बेटेल सकारात्मक देखिन्थे ।

भेटमा दुवै पक्षले विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेका जलवायु परिवर्तनको असरका बारेमा पनि चर्चा गरेका छन्।

Logo