काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाँडो भएको बताएका छन् ।
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एवं चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले शिक्षा सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाएँ । त्यतिमात्रै होइन, राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयहरूमा भिसी, रेक्टर, रजिस्टार र डिनहरू नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पुरै खस्कियो । विद्यार्थीहरू देश छोडेर विदेश पलायन भए । विश्वविद्यालयहरूमा तालाबन्दी, नाराबाजी, अराजकताको स्थिति आइरह्यो । त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसीका आधारमा भिसी, रेक्टर, रजिस्टार र डिनहरू नियुक्त गर्ने प्रक्रिया आगाडि बढाएँ । अहिलेको सरकारलाई त्यो घाँडो भएको छ ।’ उनले भने ।
शिक्षामा भागबण्डा गरेर विश्वविद्यालयहरूमा भिसी र रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विद्यार्थी पलायन हुने स्थित भएको बताउँदै उक्त कुरा रोक्न आफूले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भइराखेको उनले बताए ।





























प्रतिक्रिया