नेविसंघका ५ दर्जन कार्यकर्ता पक्राउ

नेविसंघका ५ दर्जन कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

सरकारले  चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेपछि आन्दोलनमा उत्रेका नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघका ५ दर्जन भन्दा बढी पक्राउ परेका छन्।

नेविसंघका कार्यकर्ताले पुरानो वानेश्वरमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी तोडफोड गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा आन्दोलन गर्ने उद्घोष गरेसँगै भ्रातृ संगठन नेविसंघ सरकार विरुद्ध आन्दोलनमा उत्रिएको हो ।

महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । निषेधाज्ञा तोडेर सरकार विरुद्ध प्रदर्शन गरिएपछि प्रहरीले महामन्त्री काफ्लेसहित ठूलो संख्यामा विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका नेविसंघका नेता–कार्यकर्ताहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ ।

Logo