सिमिकोट । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको बताएका छन् ।
शुक्रबार हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न लागि परेको बताएका हुन् ।
उनले भने, ‘म खानेपानीका विषयमा नागरिलाई परेका दुःख र त्यसको समाधान गर्ने उदेश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको छु ।’
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
उनले भने, ‘जलवायु परिर्वतनले पानीका मुहान सुक्दै गएका छन् । यो निकै दुःख कुरो हो । पानीको समस्या समाधानका लागि दीर्घकालीन समस्या समाधानको बाटो खाज्दै छु ।’
सोही क्रममा मन्त्री यादवले आफू मन्त्री पदमा रहे नरहे पनि नेपाली नागरिकका सुख दुःखमा हरहमेसा साथ दिइरहेको प्रतिबद्धता जनाए ।
मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषर्मा सरकारले महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरू अगाडि सारेको जानकारी दिए ।
उनले भने, ‘खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरू अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।’
समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रुपमा दुगर्म भए पनि यहाँका नागरिकहरूको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए ।
उनले भने, ‘यस क्षेत्रबाट मानसरोवर र कैलाश पवर्तको यात्रा सुरु हुन्छ, त्यसैले सिमकोटलाई कैलाश पवर्त र मानसरोवरको प्रवेशद्वारका रूपमा पनि चिनिन्छ । यहाँका नागरिकको आवश्यकता उपेक्षा गर्न सकिने सवाल नै उठ्दैन ।’
हुम्ला जिल्लामा कम्तिमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरिक्षत पानी पुगाउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।
हुम्लाका दुगर्म भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरू कार्यान्वयन गरिरहेका र जसमा कुल रु आठ दशमलब ५ करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।





























प्रतिक्रिया