जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबारदेखि जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचीमा छलफल भइरहेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरूले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठक समसामयिक राजनीतिक विषयमा पनि केन्द्रित हुने बस्नेतको भनाइ छ ।

Logo