कांग्रेसले रोष्ट्रम घेर्‍यो

कांग्रेसले रोष्ट्रम घेर्‍यो

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्ट्रोम अगाडि गएर विरोध गरेको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको  कांग्रेसले मंगलबारको बैठकमा पनि विरोध जनाएको हो ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो ।  कांग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गरे । तर उनीहरुले रोष्टम नछाडेपछि संसदको कारबाही अघि बढ्ने बताए । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ ।

Logo