काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका इतर समूहका नेता डा. सुनिल शर्मा भोलि शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।
शर्माका निजी सचिवालयका अनुसार उनले धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्। कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालासँगै उनी त्यसतर्फ जान लागेका हुन् ।
शुक्रबारका कार्यक्रमहरूमा उनले सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै समयमा भेटघाट गर्ने र जिल्लागत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । पुस ६ गते शर्माले भातृ तथा शुभेच्छुक संस्थाहरूसँग भेटघाट गर्नुका साथै नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।
डा. कोइराला र डा. शर्मासँगै नेताहरू हृदयराम थानी, गोविन्द पोखरेल ,गुरुराज घिमिरे, संजय गौतम लगायतका नेताहरूले पनि प्रदेश अधिवेशनलाई सम्बोधन गर्नेछन्। यस अवसरमा, नेताहरूले सुदूरपश्चिमका स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।





























प्रतिक्रिया