सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सुरुमै काँग्रेस सांसद्हरुले उठेर विरोध गरे । विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई बोल्न समय दिए।
उनले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाए । उनले २०४० सालदेखि नै गठन आदेशमार्फत् पटक पटक यस्ता स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको स्मरण समेत गराएका थिए ।
सरकारले नेपाली कांग्रेस र नेताहरुको इतिहासमाथि प्रहार गरेको उनले आरोप लगाए । ‘दुई तिहाईको सरकारले सक्छ भने वीपी कोइराला राजमार्गको नाम परिवर्तन गरोस्। त्यसको नाम केपी ओली राखोस्। सक्नु हुन्छ भने राख्नुस्,’ गच्छदारले भने, ‘सरकारसँग हिम्मत छ नेपाली सेनामा गएका माओवादी सेनालाई फिर्ता गरोस्।’
‘डा.गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ। सम्झौता अनुसोर विधेयक आउनु पर्यो। एउटा चिकित्सकको जीवनसँग खेलवाड नगरियोस्,’ गच्छदारले चेतावनी दिए।





























प्रतिक्रिया