काठमाडौँ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शून्य नै आउने बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौति भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने कि नसक्ने सवाल नै ठूलो छ । यो भन्दाखेरी मान्छेहरूलाई सत्य कुरा सुन्दा तीतो नै लाग्छ । तर यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरू अगाडि बढ्न सक्दैनौँ । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शून्य नै आउँछ ।’
साथै उनले पार्टीको हरेक गतिविधिहरूमा क्रियाशील सदस्यहरूलाई समावेश गरिनुपर्ने बताए । उनले क्रियाशील सदस्यहहरूलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सन नहुने बताए ।





























प्रतिक्रिया