काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले अहिलेको समाजमा मानव सभ्यता कम हुदैँ गएको भन्दै यस्तोबेला पनि पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुने बताए ।
उनले भने, ‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मीहरुले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहदैँन् । त्यस्तै तपाईहरुले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तोबेला आफ्नो धर्म नछोड्नु । जहाँ भएपनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुदैँन् त्यसपछि पत्रकार बन्न सकिन्छ ।’
यसको साथै, उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरुले सधैँ लड्नुपर्ने बताए ।
उनले भने, ‘आज खुल्ला समाजमा हामी आएका छौं । संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, संघीयतासहित समावेसी, समानुपातिक छ । स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको छ । यसमा तपाईहरु लडिरहनुपर्छ ।’





























प्रतिक्रिया