जब गगन थापा र योगेश भट्टराई दुई धुब्रमा बाँडिए (भिडियोमा)

जब गगन थापा र योगेश भट्टराई दुई धुब्रमा बाँडिए (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएपछि सांसदहरु दुई धुब्रमा उभिएका छन् । सत्तारुढ दलका सांसदहरुले उक्त विधेयकको बचाउँ गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धोका दिएको आरोप लगाएको छ । बुधबारको बैठकमा उक्त प्रस्ताव बहुमतले पारित गरिएको थियो ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए । २३ जना समितिका सदस्यमध्ये १८ जना बैठकमा सहभागी भएको थिए । उनीहरु मध्ये १४ जना सांसदहरुको बहुमतले सो विधेयक पारित गरिएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिए ।

कांग्रेसका ४ जना सांसदहरुले भने सो विधेयकमा फरक मत राखेका थिए । कांग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको भनि प्रश्न गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसारनै पारित भएको दावी गरे ।

Logo