‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’ -मुख्यमन्त्री सिंह

‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’ -मुख्यमन्त्री सिंह

केन्द्रबिन्दु
27
Shares

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा आयोजना गरेको ‘सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा मुख्यमन्त्री सिंहले सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव जयकुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारिताको भावनाअनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे ।

मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गम्भीर रूपमा अगाडि बढेको बताए ।

Logo