सरकारसंग वार्ता गर्न स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले बनायो वार्ता टोली

सरकारसंग वार्ता गर्न स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले बनायो वार्ता टोली

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । दाङको देउखुरीबाट आएर काठमाडौंमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले सरकारसंग वार्ता गर्न वार्ता टोली बनाएका छन् ।

आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि बुधबार बसेको समितिको बैठकले ५ सदस्यसीय वार्ता टोली गठन गरेको छ । टोलीको संयोजकमा संघर्ष समितिका सह-सचिव प्रविन दहित थारू रहेका छन्। सदस्यहरूमा रूपा चौधरी, लेखबहादुर चौधरी, गंगावती चौधरी र सिला चौधरी रहेका छन्।

माघ २० गतेदेखि मोही हक माग गर्दै दाङका स्वर्गद्वारी गुठीपीडित काठमाडौंको माइतीघरमा धर्नारत छन्।

गुठीपीडितसँग वार्ता गर्न सरकारले मंगलबार वार्ता समिति बनाएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

वार्ता समितिमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानून अधिकृत जनक पोखरेल सदस्य रहेका छन् ।

Logo