काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने क्रममा सांसद दयालबहादुर शाहीले राजनीति विकृत हुँदै गएका कारण इमानको राजनीति गर्न दलहरूलाई आग्रह गरेका छन् ।
अनुशासन र इमान नै लोकतन्त्रको प्रारण रहेको भन्दै सांसद शाहीले बेइमानको राजनीति गर्नेलाई जनताले मूल्याङ्कन गर्ने बताएका हुन् । वर्तमान सरकार गठबन्धन लामो समय चल्ने दाबी पनि उनले गरे । यो गठबन्धनले जनताको आशा र भरोसा जगाउने काम गरेको धारणा उनले राखे ।































प्रतिक्रिया