देशको शासन व्यवस्थासँगै नीति परिवर्तन नभइदिँदा सोचेअनुसार परिणाम दिन सकेनौंः सञ्चारमन्त्री गुरुङ

देशको शासन व्यवस्थासँगै नीति परिवर्तन नभइदिँदा सोचेअनुसार परिणाम दिन सकेनौंः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय हो भने ।

राससको ६४औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।

मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिँदै समग्रमा देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

विभिन्न कालखण्डमा मुलुकमा भएका आन्दोलनबाट देशको शासन व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नभइदिँदा अपेक्षा गरिएअनुसारको परिणाम दिन नसकेको स्पष्ट गर्दै सञ्चारमन्त्री गुरुङले अब शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

Logo