वाईडबढि विमान खरिदबारे छानवीन गर्न उपसमिति गठन

वाईडबढि विमान खरिदबारे छानवीन गर्न उपसमिति गठन

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको सार्वजनिक लेखा समितिले वाईडबढि विमान खरिदबारे छानवीन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले वाईडबढि विमान खरिदमा देखिएको अनियमितताबारे अध्ययन गर्न काँग्र्रेस सांसद राजन केसी नेतृत्वको ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजकमा केसी र सदस्यहरुमा प्रेम आले, धर्मशीला चापागाईँ, मीना सुब्बा, चन्दा चौंधरी, प्रदिप यादव र कृष्णलाल महर्जन रहनु भएको छ । उपसमितिलाई वाईडबढि विमान खरिदबारे सत्यतथ्य छानवीन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

आजको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सो विमान खरिद सम्बन्धमा गरेको अनुगमन प्रतिवेदन पनि पेश गरिएको छ । सोही प्रतिवेदनलाई समेत आधार बनाएर उपसमितिले आफ्नो प्रतिवेदन समितिमा पेश गर्ने पनि सभापति शाहले बताए ।

कार्यालयको सो अनुगमन प्रतिवेदनमा सार्वजनिक खरिद ऐनको सबै सर्त पूरा नगरी वाईडबढि विमान खरिद गरिएको उल्लेख गरिएको छ । त्यसैगरी सो विमान खरिद गर्दा अन्तराष्ट्रिय खुला बोलपत्र सम्बन्धि प्रावधानलाई लत्याइएको प्रतिवेदनले औंल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई पनि अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेपछि सो सम्बन्धमा पुनः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी तथा नेपाल वायु सेवा निगमका पदाधिकारीसँग पुनः सोधपुछ गरी कार्वाही प्रक्रिया अघि बढाउने समितिको योजना छ ।

सभापति शाहले यस अघि नै सो विमान खरिद गर्दा करिव ६ अरव आर्थिक अनियमितता भएको दावी समितिको बैठकमा दाबी गरेका थिए

Logo