अबको २०-२५ वर्षपछि बुढो हुन्छु, कसैले हतार गरेर हुँदैनः प्रधानमन्त्री ओली

अबको २०-२५ वर्षपछि बुढो हुन्छु, कसैले हतार गरेर हुँदैनः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताएका छन‍् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गरेका हुन् ।

“कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन । केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ, भने त्यो पूरा हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “कसैले एमाले बिनाको देशको पनि कल्पना गरेका छन् । केपी ओली बिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।”

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए ।

शिक्षामन्त्रीले राजीनामा दिएपछि पूर्वशिक्षामन्त्री तथा रास्वपाकी नेतृ सुमना श्रेष्ठले ओली लक्षित स्टाटसमा ‘राजीनामा आउनुपर्ने प्रधानमन्त्रीको, आयो शिक्षा मन्त्रीको’ भनेर लेखेकी थिएन् । यती मात्रै हैन्, उनले तर, ‘भो त्यो पर्दैन’ हैन त ? भन्दै व्यङ्ग्य पनि गरेकी थिइन् । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु ।’

Skip This
Skip This
Logo