पेस्तोल पड्काएर डान्स गरेको भिडियो भाइरल भएपछि जसपा नेपालकी नेतृ सिंहले के भनिन् ?

पेस्तोल पड्काएर डान्स गरेको भिडियो भाइरल भएपछि जसपा नेपालकी नेतृ सिंहले के भनिन् ?

केन्द्रबिन्दु
255
Shares

काठमाडौं । यतिबेला सत्तारुढ दल जनता समाजवादी पार्टीकी नेपालकी नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काएर डान्स गरिरहेको भिडियो भाइरल भएको छ ।

सिंह जसपा नेपालकी नेतृ अहिले केन्द्रिय सदस्य छिन् । सिंहले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । उनले पेस्तोल मात्रै बोकेकी थिइनन्, डान्स गर्दै पेस्तोल समेत पड्काइन । उनको डान्सलाई अहिले पेस्तोल डान्स भनेर भाइरल गरिएको छ ।

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ सिंहले पेस्तोल पड्काएर डान्स गरेपछि अहिले उनी प्रहरी अनुसन्धानको फन्दामा परेकी छिन् । उनले डान्स गर्दै पेस्तोल पड्काएपछि सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

यद्यपी नेतृ सिंहले भने ‘खेलौना पेस्तोल’ चलाएको दाबी गरेकी छन् । उनले डान्स गर्दा जसरी पेस्तोल पड्काएकी थिइन् त्यो हेर्दा कुनै पनि तर्फबाट खेलौना पेस्तोल जस्तो देखिँदैन । भिडियो नै देख्दा प्रष्ट हुन्छ कि उनले प्रेस्तोल पड्काउँदा अगाडि डान्स गर्दै दुई हात सेट गरेर फिल्म शैली पेस्तोल पड्काएकी थिइन् ।

तर, स्वयं बबीले एक विवाह समारोहमा आफूले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाएकी थिइन् ।

Logo