बालुवाटार बैठकको निष्कर्ष- गृहमन्त्रीको राजीनामा आउँदैन

बालुवाटार बैठकको निष्कर्ष- गृहमन्त्रीको राजीनामा आउँदैन

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामाको माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला बालुवाटारमा बसेको बैठकले यो निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै गृहमन्त्री लेखक पनि सहभागी थिए ।

भाेलि जेठ १५ मा बजेट ल्याउने नेपालको संवैधानिक व्यवस्था छ । तर, त्यसको पूर्वसन्ध्यामा संसद्मा अनिश्चितता देखिएको छ ।

Skip This
Skip This
Logo