काठमाडौं । काठमाडौंका मेयर बालेन शाहको एक युवतीसँगको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनकी पत्नी सविना काफ्लेले कडा प्रतिक्रिया दिएकी छिन्। उक्त तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी र प्रतिक्रियाहरू आइरहेका बेला कार्कीले व्यंग्यात्मक तरिकाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्।
सविना काफ्लेले सामाजिक सञ्जालमार्फत उक्त तस्बिरसँग सम्बन्धित सामग्री बनाउने र फैलाउनेहरूलाई सिधा कटाक्ष गरेकी छिन्। उनले लेखेकी छिन्, “आफ्नो पार्टीको नामसहित नाम र नम्बर दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु।” उनको यो भनाइलाई मेयरको सार्वजनिक छविलाई प्रयोग गरेर जानाजानी विवाद सिर्जना गर्ने वा चरित्र हत्या गर्ने प्रयास गर्ने व्यक्ति वा समूहहरूलाई लक्षित गरिएको रूपमा लिइएको छ।
मेयर शाहले भने यस भाइरल तस्बिर वा आफ्नी पत्नीको प्रतिक्रियाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।





























प्रतिक्रिया