काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमालले आगामी आर्थिक वर्षको बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयलाई पीर–सुर्ता परेको टिप्पणी गरेका छन्।
रिमालले बजेटको सामान्य जानकारीसमेत नभएका व्यक्तिहरूले बजेटमाथि टिप्पणी गरेकोमा आश्चर्य व्यक्त गर्दै यस्तो प्रवृत्ति राम्रो नभएको बताएका हुन् । उनले विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएका केही व्यक्तित्वहरूमा “नराम्रो भन्न नसक्ने – राम्रो भन्न मन नलाग्ने” अनौठो द्विविधा देखिएकोमा दुःख व्यक्त गरेका छन् । अझ अचम्मलाग्दो कुरा त केही व्यक्तिहरूले यो बजेटले “नराम्रै गर्छ” भन्ने कसरी देखाउने भन्ने “पीर–सुर्ता” समेत गरेको उनको भनाइ छ।
उनले बजेट मात्र नभई सबै विषयमा गुण-दोष तथा तथ्य र तर्कका आधारमा “राम्रो-नराम्रो” भन्न सक्नुपर्नेमा जोड दिए ।
रिमालले बजेटमाथि सबै पक्षबाट सकारात्मक प्रतिक्रिया आउनु सुखद रहेको भन्दै यसले सरकारमा रहेकाहरूलाई थप काम गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् ।





























प्रतिक्रिया