काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी छ ।
बैठकमा संसद्को काम कारबाही, टीआरसी र पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतको आदेश लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।





























प्रतिक्रिया