काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भ्रष्टाचारको मुद्दा चलाइएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइएको भन्ने निष्कर्ष निकालेको बताएका हुन् ।
उनले भने,‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याईएको हो भन्ने हाम्रो निश्कर्ष छ । तथ्य र प्रमाणले त्यही कुरा बताउँछ । प्रधानमन्त्रीज्यूको निर्देशनमा हो, प्रष्ट छ ।’
उनले प्रधानमन्त्री ओलीले षड्यन्त्रको राजनीति गर्ने गरेको भन्दै नेपालविरुद्ध प्रधानमन्त्री ओलीकै चर्को दबाबको कारण अख्तियारले मुद्दा दायर गरेको बताए । उनले भने,‘केपी ओली जहिल्यैपनि षड्यन्त्रको राजनीति गर्नुहुन्छ । तर, षड्यन्त्र धेरै टिक्दैन् । देश–दुनियाँले भन्छ माधव नेपालको चरित्र, स्वभाव केलउाउने हो भने आफूलई अनुचित लाभ लिएर यो निर्णय गरेको होला र भनेर प्रश्न गरेको छ ?’
मन्त्रिपरिषद्को नीतिगत निर्णयको बारेमा संविधानमा नै स्पष्ट बोलिएको भन्दै नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने उनको दाबी छ ।





























प्रतिक्रिया