सभामुखले राखेको बैठकमा पनि जुटेन सहमति

सभामुखले राखेको बैठकमा पनि जुटेन सहमति

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक रोकेर सभामुख देवराज घिमिरेले राखेको प्रमुख दलका प्रमुख सचेतकहरुसँग बैठक पनि निष्कर्षविहीन बनेको छ ।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । तर विपक्षीको प्रस्तावमा सत्तापक्ष टसमस नभएपछि बैठकमा सहमति नजुटेको हो ।

‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

आज दिउँसो एक बजेका लागि बैठक बोलाइएपनि अझै बस्न सकेको छैन ।

Logo