काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो रिबनमा वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । उनले प्रतिनिधिसभा नियमावलीको नियम ३० अन्तर्गत नियमापत्ति गरेका हुन् ।
‘केही माननीय सदस्यहरूले स्कार्फ लगाएर आउनु भएको छ । यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन । भोलि कोही माननीय हाफ प्यान्ट मात्रै लगाएर आउनुहोला । कोही जथाभावी ड्रेस लगाएर आउनुहोला त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’ उनले भने ।





























प्रतिक्रिया