काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले नीति तथा विचार प्रमुखमा मनोनयन भएका छन् ।
बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गर्दै वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो । यसैगरी कार्यवाहक प्रवक्ता मनिष झाले अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, राजन गौतमलाई कृषि विभाग प्रमुखको जिम्मेवारी, श्रीराम न्यौपानेलाई ऊर्जा तथा जलस्रोत विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।





























प्रतिक्रिया