मेयर बालेन आफ्नै निर्णयबाट ‘ब्याक’

मेयर बालेन आफ्नै निर्णयबाट ‘ब्याक’

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विभिन्न जिम्मेवारीबाट हटाएका वडाध्यक्षहरुलाई पूर्ववतः जिम्मेवारीमै फर्काउन बाध्न बनेका छन् ।

मेयर बालेनले गत जेठ १ गते सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ– ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौँ– २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ– ८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए ।

तर जिम्मेवारी तोकिएका नयाँ वडाअध्यक्षहरुले जिम्मेवारी नलिने बताएपछि उनी आफ्नो निर्णयबाट ‘टर्न’ भएका हुन् । महानगरको किचलोका कारण हालसम्म कार्यपालिका बैठक बस्न सकेको छैन ।

Logo