काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरै मात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् ।
‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौं । भर्खरै मात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौं ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’
मन्त्री भण्डारीले युरोपमा संस्थागतरुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरुमा श्रमिक पठाउने तयारी भइरहेको पनि बताए ।





























प्रतिक्रिया