‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ : कांग्रेस सहमहामन्त्री महत

‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ : कांग्रेस सहमहामन्त्री महत

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

‘नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् ।

नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।

अर्काे प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र  पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए ।

Logo