काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् । उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे ।
‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ, ’प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुन संशोधन गरिएको जनाउँदै सेवा लिन लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई अनलाइन प्रणालीतर्फ उन्मुख भइसकेको बताए ।





























प्रतिक्रिया