काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । "/>

अरिगांलको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले भने, ‘कर्मी मौरी झैं मेहनती बन्नुहोस’

अरिगांलको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले भने, ‘कर्मी मौरी झैं मेहनती बन्नुहोस’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री ओलीले कर्मी मौरी झैं मिलेर काम गरे मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने बताए । शनिबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको चौंथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहान प्रधानजस्ता अग्रजहरुको सपना पूरा गर्न पार्टीका नेता, कार्यकर्ताहरुले देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको बताए ।

 

प्रधानमन्त्री ओलीले विगतमा बामपन्थीको भूमिकालाई कमजोर पार्न खोजिएकै कारण मुलुक पछाडि परेको दावी गरे । प्रधानमन्त्री ओलीले प्रतिपक्षसँग मिलेर काम गर्न सरकार तयार रहेको बताउँदै सरकारसँग नतर्सिन कांग्रेसलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारले जनताको विश्वासलाई डगमगाउन नदिने दृढता व्यक्त गरे ।

 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेतृ साहना प्रधानले नेपालको राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलका बीच पनि आफूलाई राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभ्याएको स्मरण गराए ।

 

उनले पार्टी एकतासँगै मुलुक निर्माण गर्ने ठूलो अभिभारा आएको भन्दै त्यसलाई पूरा गर्न लाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । समाजवाद निर्माण गर्ने अभिभारा पुरा नगरे पार्टीसँग देशै डुब्न सक्ने अध्यक्ष दाहालको भनाई छ ।

Logo