हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन -मन्त्री अधिकारी

हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन -मन्त्री अधिकारी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए ।

मन्त्रीहरु घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए । आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे ।

Logo