काठमाडौं । बर्दिया– १ बाट पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमका लागि राजीनामा दिन दुई सांसद तयार भएका छन् ।
बाँके– ३ का सांसद नन्दलाल रोकाय र दैलेख– १ का रविन्द्रप्रसाद शर्माले गौतमका लागि क्षेत्र खाली गर्न सहमति दिएका छन् । नेकपाका महासचिव विष्णु पौडेलले रोकाय र शर्मालाई आफ्नै निजी निवास भैंसेपाटीमा बोलाएर मनसाय बुझेका थिए ।
गएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका बादशाह कुर्मीलाई ५ हजार मतान्तरले हराउँदै तत्कालिन एमालेबाट रोकाय निर्वाचित भएका थिए । शर्माले राप्रपाका दीपकुमार शाहीलाई ६ हजार मतान्तरले हराएका थिए । शर्मा र रोकायले व्यक्तिगतरुपमा क्षेत्र छाड्न इच्छा नभए पनि पार्टीले निर्देशन दिए मान्ने प्रष्ट पारेका छन् ।































प्रतिक्रिया