काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणमा विवादमा तानिएपछि राजीनमा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले यस्तो बताएका हुन् । साथै उनले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भनेर दिएको अभिव्यक्ति पनि दिए । ‘ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोर्खा जानु भन्ने चलन थियो । भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू । मन्त्री क्वार्टरमा पैसा दिएको छ, राजीनामा दिएर स्वीकृत हुन्छ ? भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाउनुस् ।’
तर, यो अभिव्यक्तिप्रति भने नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सचेतक सुनिता बरालले सरकारको नेतृत्वकर्ता प्रधानमनत्री ओलीमाथि लगाएको आरोपप्रति आपत्ति जनाएकी हुन् ।
उनले गल्ती गर्ने मन्त्रीमाथि कारबाहीको माग आफूहरूले गरेपनि सरकारको नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् । यद्यपी सभामुखले रुलिङ भने गरेका छैनन् ।





























प्रतिक्रिया