घुस प्रकरणबारे मन्त्री अधिकारी भन्छन्- मैले ‘हुन्न’ भनेपछि अडियो बाहिर ल्याए

घुस प्रकरणबारे मन्त्री अधिकारी भन्छन्- मैले ‘हुन्न’ भनेपछि अडियो बाहिर ल्याए

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूलाई मुछिएको घुस प्रकरणको अडियोबारे बोलेका छन् ।

एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडियो बाहिर ल्याएको बताएका हुन् ।

‘कुनै त्यहाँ योजना पूरा गर्न खोजेका, आफ्नो अभीष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अभीष्ट पूरा भएन भन्ने हिसाबले गरेका हुन् । मालपोत अधिकृतलाई फिर्ता गराउनका निम्ति यहाँ आएका थिए, मैले हुन्न भनें । त्यसपछि यी कुरा बाहिर आए ।’ उनले भने ।

बुधबार मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको थियो । एमालेका स्थानीय नेतासमेत रहेका सुजन लामासँग मन्त्री क्वार्टरमै भएको घूस लेनदेन र ‘सेटिङ’ सम्बन्धी अडियोमा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ ।

Logo