काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै सबै नागरिकलाई सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।
मौसमजन्य विपत्तिको सम्भावनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री ओलीले सुरक्षा निकायले जारी गरेको आवश्यक सतर्कतासम्बन्धी सूचनाहरूलाई पालना गर्न सर्वसाधारणलाई अपिल गरेका हुन्। उनले भने, “अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।”
यसैगरी, प्रधानमन्त्रीले देशका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई सम्भावित जोखिमको सामना गर्नका लागि आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्।





























प्रतिक्रिया