काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी कैलालीको चिसापानी जाँदै गरेका सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएर कच्याककुचुक भएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार सार्की चढेको से.१ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी एक आपसमा ठोक्किएको हो । दुवै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
दुई वटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका ९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् ।





























प्रतिक्रिया