‘विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह

‘विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले ‘विद्युत विधेयक २०८०’ मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छ भन्ने उद्देश्य समितिले बोकेको बताएका छन् ।

बिहीबार ‘विद्युत विधेयक २०८०’ को व्यवस्था बारे समिति र सरोकारवालाबीच भएको अन्तरक्रियामा उनले विधेयकका बारेमा मन्त्री, मन्त्रालय, सरोकारवाला सबैसँग विभिन्न चरणमा छलफलहरु अगाडि बढाई रहेको भन्दै समितिको उद्देश्य भनेको राष्ट्र हित, जनहित र ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण यो विधेयकमा हुनुपर्छ भन्ने रहेको बताए ।

उनले भने, ‘समितिको तर्फबाट ६११ संशोधन र ६१ समुहमा माननियहरु बाडिएका थिए, ३० भन्दा बढि औपचारिक बैठकहरु हामीले गरिसकेका छौं । ५० भन्दा बढि अनौपचारिक विज्ञ र सरोकारवालाहरुसँग हामीले सहकार्य र विधेयकको बारेमा छलफल गरेका छौ । मन्त्रालयसँग पनि विभिन्न चरणमा १० देखि १५ वटा मन्त्रि र मन्त्रालयका राष्ट्रसेवकहरुसँग बसेर छलफल गरेका छौं । समितिको उद्देश्य भनेको राष्ट्र हित, जनहित र ६५ लाख सहभागि नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण यो विधेयकमा होस भन्ने हो ।’

यस्तै, उनले पार्टीगत कार्यक्रमहरु धेरै भएको कारणले यो विधेयक लम्बिएको स्वीकार गर्दै अब दबाबरहित भएर समितिले काम गर्ने बताए । उनले भने, ‘यो विधेयक विभिन्न कारणले गर्दा लम्बिएको म स्वीकार गर्छु । पार्टीगत कार्यक्रमहरु धेरै भएको कारणले गर्दा त्यती समय दिन सकि रहेको छैन् । तर यो विषयमा समितिले दबाबरहित भएर काम गरिरहेको छ ।’

विजुलीलाई नेपालका कल, कारखाना, उद्योग र नेपालीको आवश्यकता अनुसार परिचालन गर्ने कुरा पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै त्यसबाट बचेको विद्युत मात्र छिमेकी मुलुकहरुलाई बेच्नु पर्ने समितिको धारणा रहेको पनि उनको भनाई छ ।

Logo