नाउपाकाे अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर सर्वसम्मत

नाउपाकाे अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर सर्वसम्मत

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत भएका छन्।

आज सम्पन्न नाउपाको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई अध्यक्षमा सर्वसम्मत गरेको हो। उनी पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् ।

विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकाे भन्दै यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो।

Logo