एमाले सिद्धान्तबाट च्यूत भइसक्याे -भीम रावल

एमाले सिद्धान्तबाट च्यूत भइसक्याे -भीम रावल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् । उनले भने,‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह गरेका हुन् । मैले ठिक ठाउँमा आउ भनेकाले निरङ्कुश र तानाशाही शक्ति लगाएर निकालियो । मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिँडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ ।’

उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए ।
‘म टिप्पणी गर्दिनँ । तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।

Logo