काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टीको जनमत ३१ लाखबाट ११ लाखमा झर्नुको कारणबारे स्पष्ट जवाफ मागेका छन्।
जारी माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शर्माले पार्टीको वैचारिक विचलन र नेतृत्वको कमजोरीका कारण जनमतमा ठूलो ह्रास आएको बताएका हुन् । उनले भने, “हामीले ३१ लाख मत प्राप्त गरेका थियौं, तर अहिले त्यो ११ लाखमा झरेको छ। यदि यो मेरो कमजोरी हो भने म आत्मालोचना गर्न तयार छु । तर यदि यो अरूको कारणले भएको हो भने सम्बन्धित ठाउँबाट जवाफदेहीता र आत्मालोचना आवश्यक छ।”
उनले पार्टीको वैचारिक लाइन, राजनीतिक अस्पष्टता, समाजवादी दिशा, पहिचानको मुद्दा र संघीयताप्रतिको प्रतिबद्धतामा विचलन आएको आरोप लगाए।





























प्रतिक्रिया