रवि लामिछानेको ‘कटआउट’मा राखी बाँध्दा रुवाबासी

रवि लामिछानेको ‘कटआउट’मा राखी बाँध्दा रुवाबासी

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व फरक ढंगले मनाएका छन्। शनिबार पार्टीको बनस्थलीस्थित मुख्यालयमा लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्।

राखी बाँधिरहँदा उनका केही समर्थकहरू रोएका समेत थिए, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

हाल भैरहवा कारागारमा रहेका लामिछानेको रिहाईका लागि रास्वपाले निरन्तर रुपमा विरोधका कार्यक्रम गर्दै आएको छ । रास्वपाले सभापति लामिछानेको पक्षमा हालसम्म ३२ लाखभन्दा धेरै हस्ताक्षर संकलन गरिसकेको छ । उनका पक्षमा आर्थिक सहयोग पनि रास्वपाले संकलन गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ६२ लाख १६ हजार ६६९ सहयोग संकलन भएको छ ।

सुप्रिम सहकारी ठगीमा अभियुक्त बनेका लामिछानेले आफ्नो रिहाईका लागि २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरिसकेको विषयले अर्को मोड लिएको छ ।

Logo