रामहरि खतिवडाले सदनबाटै घोषणा गरे राजीनामा

रामहरि खतिवडाले सदनबाटै घोषणा गरे राजीनामा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । कुलिङ पिरियड प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

निजामती विधेयकमा समावेश दुई वर्षे कुलिङ अफ पिरियडको प्रावधानमा छलछाम गरिएको सम्बन्धमा गठित समितिले आफूमाथि नै दोष थोपरेपछि उनले राजीनामा दिएका हुन् ।

निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले कुलिङ अफ पिरियडको व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधान खण्डित हुने व्यवस्था कायमै राखिएको थियो ।

त्यसपछि छलछाम कसले गरेको भन्ने पत्ता लगाउन कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठित संसदीय विशेष समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन विशेष समितिको प्रतिवेदनमा निष्कर्ष निकालेपछि उनी नैतिक संकटमा परेका थिए ।

Logo