जो ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर उभियो, उसैलाई दण्डित गरियाे -रामहरि खतिवडा

जो ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर उभियो, उसैलाई दण्डित गरियाे -रामहरि खतिवडा

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्नुपर्ने आफ्नो अडानलाई राजनीतिक इतिहासले सम्झने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा समितिको सभापतिबाट राजीनामाको घोषणा गर्दै उनले भने,”जो ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर बढी उभियो, उसैलाई दण्डित गरिएको इतिहासमा पनि कतै न कतै लेखिनेछ।”

खतिवडाले आफ्नो राजीनामालाई भीम मल्ल, भीमसेन थापा र बलभद्र कुँवरजस्ता इतिहासका अभिशप्त पात्रहरूसँग तुलना गर्दै आफू पनि संसदीय व्यवस्थाको निर्मम समीक्षा गर्नेहरूको नजरमा एउटा पात्र बन्न पुगेको बताए। उनले संसदीय व्यवस्थामा ‘कुलिङ अफ पिरियड’लाई एउटा महत्त्वपूर्ण घटनाका रूपमा चित्रित गरिने विश्वास व्यक्त गरे।

Logo