काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारबाट आफ्नो पार्टीमाथि निरन्तर आक्रमण भएको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा परियारले उपसभामुखलाई महाभियोग लगाउने तयारी गरिरहेको विषयलाई लक्षित गर्दै बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार आक्रमण भइरहेको बताएका हुन् ।
‘सांसदको विवेक बन्दी नबनाऊ । उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ।’ उनले भने ।





























प्रतिक्रिया