ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा निर्विरोध निर्वाचित

ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध चुनिएकी हुन् ।

उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी छन् ।

बुधबार हुने निर्वाचनका लागि नेपाली कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् । एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत भएको घोषणा गर्नेछ ।

Logo