रूपन्देही -३ का आकांक्षी उम्मेदवारहरुलाई रविले भने‍- पार्टीको सिस्टमलाई फलो गर्नुस्

रूपन्देही -३ का आकांक्षी उम्मेदवारहरुलाई रविले भने‍- पार्टीको सिस्टमलाई फलो गर्नुस्

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । रूपन्देही ३ को उपनिर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका आकांक्षीहरुले सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुगेर भेटेका छन् ।

सामूहिक रूपमा भेट्न खोजेका उनीहरूले प्रशासनले एक पटकमा दुई दुई जनालाई मात्र भेट्ने अनुमति दिएका थिए । सो क्रममा आकांक्षीहरूलाई सभापति लामिछानेले पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान सुझाव दिएका छन् ।

‘पार्टीले उम्मेदवार छनोट पद्धति बनाएको छ । त्यसलाई फलो गरेर जानोस् । सिस्टमबाट ९ जनामध्ये जो निर्वाचित भए पनि उम्मेदवारलाई निर्वाचनमा पूर्ण सहयोग गर्नोस् ।’ लामिछानेको भनाइ उद्यृत गर्दै आकांक्षीहरूले भने ।

Logo